आजदेखि लोक दोहोरी प्रतियोगिता सुरु हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आजदेखि लोक दोहोरी प्रतियोगिता सुरु हुँदै


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा आजदेखि काठमाडौंमा लोक दोहोरी गीत प्रतियोगिता सुरु हुँदैछ।

‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा प्रतियोगिता हुन लागेको हो। चैत १९ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका गरी ७० समूहले सहभागिता जनाउँदै छन्।

प्रतियोगितामा पहिलो हुनेले २ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालले जनाएको छ ।

यस्तै दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट दुई पुरुष र महिला कलाकारका साथै उत्कृष्ट भेसभुसा र अनुशासित समूहलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस