इजरायलमा प्रहरीको गोली प्रहारबाट ५ जना बन्दुकधारीको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

इजरायलमा प्रहरीको गोली प्रहारबाट ५ जना बन्दुकधारीको मृत्यु


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ । इजरायलमा फेरि अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको मृत्यु भएको छ। तेल अभिभमा मङ्गलवार गोली काण्ड भएको हो। हप्ता दिनभित्रै इजरायलमा तेस्रो पटक अन्धाधुन्ध गोली काण्ड भएको हो।

अति–रूढिवादी यहुदीहरूको बसोबास रहेको तेल अभिभको बेनी ब्राकमा गोली काण्ड भएको हो। जहाँ प्रहरीले प्रहार गरेको गोली लागेर ५ बन्दुकधारीको मृत्यु भएको छ।

यसअघि इजरायली अरब समूहले मङ्गलवार र आइतबार गरेको आक्रमणबाट ६ जनाको ज्यान गएको थियो।

बन्दुकधारीले आफ्नो अटोमेटिक हतियार निकालेर सर्वसाधारणमाथि गोली हानेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनापछि तेल अभिभको सुरक्षा व्यवस्था कडा पारिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस