Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अर्घाखाँचीमा सिरक डसना उद्योगमा आगलागी, ५० लाख क्षति


१५ चैत्र २०७८, मंगलबार


अर्घाखाँची । अर्घाखाँची सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ।

उक्त उद्योगमा मङ्गलवार (आज) दिउँसो आगलागी भएको हो। आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

आगलागीबाट दुई वटा मेसिन एउटा जेनरेटर, सिरक डसनालगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। उद्योगी मोहम्द फिरोज आगो निभाउने क्रममा बेहोस भएपछि उनलाई उपचारको लागि अस्पताल लगेको २ घण्टापछि होस आएको थियो । अहिले उनी अस्पतालबाट डिस्चार्ज भएका छन्।

करिब एक घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय दमकलको सहायताबाट आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। आगो विद्युत् सट भएर लागेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस