बेँसी सहर-चामे सडक खण्ड आजदेखि सञ्चालन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बेँसी सहर-चामे सडक खण्ड आजदेखि सञ्चालन


१५ चैत्र २०७८, मंगलबार


मनाङ । लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसी सहर–चामे सडक खण्ड मङ्गलवारदेखि सञ्चालनमा ल्याइएको छ ।

सडक निर्माण लागि गत फागुन २० देखि बन्द रहेको सडक २५ दिनपछि आज पूर्णरुपमा खुलाइएको डुम्रे–बेँसी सहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

सडक खण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कलभर्ट निर्माण गरिएको छ । कलभर्टको ढलान पूर्णरुपमा ‘सेट’ नभएका कारण गत फागुन २० गतेदेखि सडक बन्द थियो ।

पैदल यात्रुबाहेक सवारी साधनका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासो गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ ।

यहाँ गत असारमा आएको बाढीले काठे पुल बगाएको थियो । पछि पुनः काठे पुल राखेर यातायात सञ्चालनमा गरिएकामा गत कात्तिकमा आएको बाढी पहिराले काठे पुलसमेत बगाएको थियो ।

त्यसपछि राखिएको काठे पुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याब कलभर्ट निर्माण गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस