डढेलोका कारण नेपालभर वायु प्रदूषण, काठमाडौँ विश्वमै चौथो नम्बरमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डढेलोका कारण नेपालभर वायु प्रदूषण, काठमाडौँ विश्वमै चौथो नम्बरमा


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । देशका विभिन्न भागमा लागेको डढेलोका कारण नेपालभर वायु प्रदूषण ह्वात्तै बढेको छ।

वातावरण विभागका अनुसार मङ्गलवार दिउँसो सबैभन्दा धेरै वायु प्रदूषण पोखरामा छ। त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २१७ भने सिमरामा १७८ र भरतपुरमा १६३ छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको एक्युआई १५२ छ। हावामा प्रदूषणको मात्रा बढेसँगै काठमाडौँ संसारमै प्रदूषित हावा भएको सहरमा चौथो नम्बरमा परेको छ।

स्विट्जरल्याण्डको आइक्यु एयरका अनुसार काठमाडौँभन्दा अघि भियतनामको हनोई, बङ्गलादेशको ढाका र भारतको मुम्बई रहेका छन्।

वातावरण विभागका प्रवक्ता सङ्कर प्रसाद पौडेलले जङ्गलमा लागेको डढेलोले हावामा धुँवा मिसिएको, बेस्सरी हावा नचलेको र पानी पनि नपरेका कारण प्रदूषण बढेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस