बिमस्टेक सम्मेलनमा प्रधानमन्त्री देउवाले भोलि सम्बोधन गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बिमस्टेक सम्मेलनमा प्रधानमन्त्री देउवाले भोलि सम्बोधन गर्ने


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि सम्बोधन गर्ने भएका छन्।

देउवाले भोलि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले परराष्ट्र मन्त्री डा. नारायण खड्काले आफ्नो सेसनमा मङ्गलवार सम्बोधन गरिसकेको जानकारी दिइन्।

उनकाअनुसार सम्मेलनमा सहभागी हुन श्रीलङ्कामा रहेका मन्त्री खड्काले कोलम्बोमा भारतीय समकक्षी एस जयशंकरसँग साइडलाइन वार्ता पनि गरेका छन्।

शिखर सम्मेलनमा चार वटा वटा हस्ताक्षर हुने नेपालको अपेक्षा रहेको लम्सालले बताइन्। जसमा बिमस्टेकको बडापत्र, आपराधिक मामिलामा आवश्यक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि, कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापनासम्बन्धी र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोग सम्बन्धमा बिमस्टेक समझदारी पत्रमा हस्ताक्षर हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस