२५२७ अङ्कमा झर्‍यो नेप्से , कारोबार रकम पनि घट्यो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

२५२७ अङ्कमा झर्‍यो नेप्से , कारोबार रकम पनि घट्यो


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २५२७ अङ्कमा झरेको छ । मंगलबार १४.२६ अङ्कले नेप्से घटेको हो । कारोबार रकम पनि घटेको छ ।

कुल १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो । यसअघि सोमबार कुल २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो भने आइतबार ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार ५१ कम्पनीको मूल्य बढ्यो भने १३१ को घट्यो । ११ कम्पनीको भने स्थिर रह्यो । बैङ्किङ ५, विकास बैङ्क २६, फाइनान्स १४, जलविद्युत् १६, जीवन बीमा २१९, उत्पादन १५, लघुवित्त ३४, निर्जीवन बीमा ७६ र अन्य उपसमूह २० अङ्कले घटे । होटल तथा पर्यटन समूह मात्रै २५ अङ्क बढ्यो ।

तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल, नेस्डो लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको मूल्य १० प्रतिशतले बढेको हो ।

कारोबार रकमका आधारमा शिवं सिमेन्ट, ग्लोबल आईएमई बैङ्क, नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त र हिमालयन डिस्टिलरी क्रमश:अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस