मलेसियासँग पीएनजी ८ रनले पराजित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मलेसियासँग पीएनजी ८ रनले पराजित


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्यु गिनी (पीएनजी)लाई ८ रनले पराजित गरेको छ ।

कीर्तिपुर स्थिति त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान अहमद फैज र विरानदीप सिंहले अर्ध शतक बनाए । फैजले ३७ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५६ रन जोडे भने सिंह ५९ रनमा नटआउट रहे । ५२ बलको सामना गरेका उनले २ चौका र २ छक्का हिर्काए। यस्तै सइद अजिजले ४७ रनको योगदान दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस