जनकपुर–जयनगर रेल्वेको चैत १९ गते उद्घाटन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जनकपुर–जयनगर रेल्वेको चैत १९ गते उद्घाटन


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । चैत १९ गते जयनगर–कुर्था (जनकपुर) रेल्वेको उद्घाटन हुने भएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले भर्चुअल रूपमा सीमा पार रेल सेवा सुरुवात गरेर रेलको उद्घाटन गर्ने तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जानकारी दियो । सन् २०१४ देखि रेलमार्ग स्तरोन्नतिका लागि भारतले रेल सेवा बन्द गरेको थियो ।

रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रो पटक रेलवे अध्यादेश जारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस