पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिकाका कागजात अख्तियारले लियो नियन्त्रणमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिकाका कागजात अख्तियारले लियो नियन्त्रणमा


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तराईका दुई स्थानीय तहबाट कागजात नियन्त्रणमा लिएको छ ।

कोरोना महामारीका बेलामा राहत सामग्री वितरणमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको हो ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिकाका केही कागजात नियन्त्रणमा लिएको हो ।

अख्तियार स्रोतले भन्यो, ‘कोरोना कालखण्डका बेलामा राहत र अरू आर्थिक सहायता वितरण भएको भनेर कागजात तयार भएको रहेछ । तर अन्यत्र रकम खर्च गरेको थाह पाएपछि हामीले अनुसन्धान थालेका हौँ ।’

कोरोनाकालमा खाद्यान्नसहित अन्य राहत सामग्रीहरूको नक्कली बिल बनाएको भेटिएपछि छापा मारिएको अख्तियार श्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस