तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा अभिनेता शाह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा अभिनेता शाह


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । एक नाबालिग गायिकामाथि जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् ।

अदालतका उप-रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए । निवेदनमा शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन् ।

फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ (९) बमोजिम निवेदन दिइएको शाहका वकिल कमलामोहन वाग्लेले बताए ।

१० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । थुनामा रहेको पाँचौँ दिन शाह अदालत पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस