परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी जयशंकरबीच कोलम्बोमा भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी जयशंकरबीच कोलम्बोमा भेटवार्ता


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । श्रीलङ्काको कोलम्बोमा परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।

आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को मन्त्रिस्तरीय बैठकमा सहभागी हुन कोलम्बो पुगेको खड्का र जयशंकरबीच साइडलाइन भेटवार्ता भएको हो ।

दुवै मन्त्रीहरुबीच कनेक्टिभिटी, ऊर्जा, कृषि मल र स्वास्थ्यसम्बन्धी विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् ।

‘हामीबीच रामायण सर्किटलाई अघि बढाउने विषयमा पनि जोड दिने विषयमा समेत छलफल भएको छ,’ भारतीय विदेशमन्त्रीले ट्विट गर्दै भनेका छन् ।

बिमस्टेकको १८ औँ मन्त्रिस्तरीय बैठक कोलम्बोमा जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस