मिश्रलाई कारबाही घोषणा गर्ने तयारी, पार्टी कार्यालयमा दुई समूहबिच तनाव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मिश्रलाई कारबाही घोषणा गर्ने तयारी, पार्टी कार्यालयमा दुई समूहबिच तनाव


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । आन्तरिक विवादमा फसेको विवेकशील साझाको पार्टी कार्यालयमा दुई समूहबिच तनाव भएको छ । निर्देशक सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेपछि संस्थापन पक्षले अवरोध गरेको हो ।

बखुन्डोलस्थित विवेकशील साझाको पार्टी कार्यालयमा भेला भएका असन्तुष्ट समूहले रवीन्द्र मिश्र विरुद्ध पत्रकार सम्मेलन गर्दै छन् । उनीहरूले मिश्रलाई कारबाहीको घोषणा गर्ने तयारी गरेका छन् ।

असन्तुष्ट समूहले मिश्रले एकपक्षीय रूपमा पार्टीलाई अघि बढाउन खोजेको बताउँदै पछिल्लो दिन समानान्तर भेलालाई तीव्रता दिएको छ । यो क्रममा आफ्नो पक्षमा बहुमत रहेको असन्तुष्ट समूहको दाबी छ ।

यही दाबीका बीच पार्टी कार्यालयको पत्रकार सम्मेलन हलमा असन्तुष्ट समूहलाई प्रवेश नदिइएपछि तनाव भएको हो । संस्थापनले हलमा ताला लगाइदिएको छ भने त्यसपछि कार्यालय परिसरमा होहल्ला भएको छ । अहिले पार्टी कार्यालय परिसरमा सुरक्षाकर्मी बाक्लो सङ्ख्यामा परिचालन गरिएको छ ।

यता मिश्र पक्षले पनि आजै पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरेको छ । मिश्रले विचारभन्दा माथि देशको एजेन्डा पार्टीमा लागू गराउँदै एकपक्षीय रूपमा अघि बढेपछि विवेकशीलमा विवाद देखिएको हो । पछिल्लो समय मिश्रले राप्रपासँग एकता गर्ने तयारी गरेपछि विवाद थप चर्किँदै गएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस