मलेसियाले टस जितेर पीएनजीविरुद्ध ब्याटिङ गर्दै  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मलेसियाले टस जितेर पीएनजीविरुद्ध ब्याटिङ गर्दै 


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी)  बीच प्रतिस्पर्धा हुँदैछ ।

टियु क्रिकेट मैदानमा मलेसियाले टस जितेर पीएनजीविरुद्ध ब्याटिङ रोजेको छ । खेल अहिले केही बेरमा १२ः३० बजे सुरु हुनेछ ।

आज मलेसिया सुखद सुरुआत गर्ने योजनामा हुनेछ । पीएनजी भने पहिलो जितको खोजीमा हुनेछ ।

सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो । 

सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस