सल्यानमा ड्युटीमा रहेका प्रहरी जवान मृत फेला « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सल्यानमा ड्युटीमा रहेका प्रहरी जवान मृत फेला


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । सल्यानमा एक प्रहरी जवान मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय श्रीनगरको कार्यालय नजिकै भगवती खोला जाने नालामा पोसाक लगाएकै अवस्थामा केसीको शव भेटिएको हो ।

गए राति १० बजेदेखि २ बजेसम्म इलाका प्रहरी कार्यालय श्रीनगरको मुख्य द्वारमा ड्युटीमा रहेका केसी मङ्गलवार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

घटनाको कारण नखुले पनि ३० मिटर छाँगोबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । बिहान स्थानीय एक महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । मृतक प्रहरी जवान केसी रुकुम पश्चिमको मुसिकोट-१३ छिवाङका हुन् ।

घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । अहिले घटनास्थलमा सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्का पुगेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस