काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदूषित सहर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदूषित सहर


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ। काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदूषित सहर बनेको छ । सोमबार साँझसम्म काठमाडौँको प्रदूषण १५५ एक्यूआई देखाएसँगै विश्वको प्रदूषित सहर मध्ये पहिलो नम्बरमा काठमाडौँ देखिएको हो ।

राष्ट्रिय योजना आयोगले प्रदूषणका कारण मुलुकमा पर्ने वित्तीय भारको विषयमा अध्ययन गर्ने प्रतिबद्धता जनाएको दुई वर्ष बितिसक्दा पनि अध्ययन भने सुरु भएको छैन ।

आधिकारिकरुपमा वायु प्रदूषणका कारण नेपालमा पछिल्लो समय परेको वित्तीय भारको विषयमा अध्ययन हुन नसके पनि वायु प्रदूषणका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष गरी नेपालमा १३० मिलियन अमेरिकी डलर (करिब १ खर्ब ३० अर्ब) नोक्सानी भएको विश्व बैङ्कको २०१५ को तथ्याङ्कले देखाएको छ ।

सन् २०३० सम्ममा नेपालमा वायु प्रदूषणको वित्तीय भार, २५६ मिलियन अमेरिकी डलर (करिब तीन खर्ब) पुग्ने विश्व बैङ्कको अनुमान छ । वातावरणविद् डा. सुनिलबाबु श्रेष्ठले बढ्दै गएको वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा पर्ने असर तथा सेवा प्रभावित हुँदा आर्थिक क्षति पनि बढ्ने तर्क गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस