आइपिएल : नवप्रवेशी गुजरातको सुखद सुरुवात, लखनउमाथि ५ विकेटको जित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आइपिएल : नवप्रवेशी गुजरातको सुखद सुरुवात, लखनउमाथि ५ विकेटको जित


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्सले विजयी सुरुवात गरेको छ । सोमबार भएको प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा गुजरातले लखनउमाथि ५ विकेटको जित निकालेको हो ।

लखनउले दिएको १५९ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १६१ रन बनायो । ​गुजरातका लागि राहुल तेवातीयाले सर्वाधिक ४० रन बनाए । त्यस्तै कप्तान हार्दिक पाण्ड्याले ३३ रनको योगदान गर्दा म्याथु वेड र डेभिड मिलरले ३०–३० रन जोडे । ​बलिङतर्फ लखनउका लागि दुश्मान्थ चमेराले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । लखनउका लागि दीपक हुड्डा र आयुष बधोनीले अर्धशतकीय पारी खेले । ५५ रन बनाएका दीपकले ४१ बल खेलेका दीपकले ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै ५४ रन बनाएका बधोनीले ४१ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । ​कुर्नाल पाण्ड्याले २१ रन जोडे । बलिङतर्फ गुजरातका लागि मोहम्मद श्वामीले तीन विकेट लिए । त्यस्तै भरुन् अरोनले दुई विकेट लिए ।

जितसँगै नवप्रवेशी गुजरातले एक खेलबाट २ अङ्क जोडेको छ । लखनउले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस