खरिद अनुगमनको खबरदारी पछि प्रादेशिक अस्पताल भवनको टेन्डर रद्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खरिद अनुगमनको खबरदारी पछि प्रादेशिक अस्पताल भवनको टेन्डर रद्द


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । सेटिङको ठेक्कामार्फत बनाउन लागिएको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको टेन्डर रद्द भएको छ ।

गत फागुन ८ गते र चैत २ गते गरी दुई पटक आह्वान गरिएको १२ सय शय्याको १० तले भवन निर्माण टेन्डर सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम सोमबारको निर्णय अनुसार रद्द गरिएको हो ।

दुई निर्माण कम्पनीबाहेक अरूले प्रतिस्पर्धा नै गर्न नपाउने गरी स्पेसिफिकेसन बनाएर ‘सेटिङ’ मिलाइएको टेन्डरमा आर्थिक चलखेलको आशङ्का गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रादेशिक पूर्वाधार विकास प्राधिकरणलाई सचेत गराएको थियो ।

सम्बन्धित समाचार : ५ अर्बको ठेक्कामा मिलेमतो भएको भन्दै खरिद अनुगमनको पत्र

टेन्डरमा रमेश शर्माको जेडआईईसी-शर्मा र रसुवाका काँग्रेस सांसद मोहन आचार्यको रसुवा जेभी मात्र टेन्डरमा सहभागी भएका थिए ।

सार्वजनिक खरिद अनुगमनको पत्रसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमासमेत उजुरीहरू परेको थियो ।

स्पेशिफिकेसनमा नै सेटिङ मिलाएर अमुक कम्पनीलाई ठेक्का पार्ने र कमिसन कुम्ल्याउने खेलमा भईरहेको झेलमा निगरानी शुरु भएसँगै धमाधम ठेक्काहरु रद्य गरिन थालेको छ । सेटिङको आशङ्कापछि खरिद अनुगमन कार्यालयले बोलपत्रमा उल्लेखित बुँदाहरूमा टिप्पणी गरेसँगै नेपाल राष्ट्रिय पुस्तकालयले भवन निर्माणको ठेक्का पनि रद्य भएको छ ।

सम्बन्धित समाचार : पीपीएमओको निगरानी पछि ठेक्का रद्द

Tags :
प्रतिक्रिया दिनुहोस