मिश्रलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मिश्रलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई निष्कासन किन नगर्ने भनेर ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

जेष्ठ सदस्य भीम अधिकारीको नेतृत्वमा सोमबार बसेको बैठकले पार्टीको हित विपरीत गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

आइतबार केन्द्रीय समिति बैठकमा मिश्रले प्रदेश संयोजकहरू तोक्नुका साथै २६ जना केन्द्रीय सदस्यलाई निष्कासन गर्ने निर्णय सुनाएका थिए । तर मिश्रले एकलौटी रूपमा पार्टी चलाएको भन्दै असन्तुष्ट समूहले सोमबार बैठक बोलायो । जसमा भौतिक र भर्चुअल गरी बहुमत (९० भन्दा बढी) सहभागी भएको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस