गठबन्धन नहुँदा मैले बालबाल जितेको हुँ : प्रधानमन्त्री देउवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गठबन्धन नहुँदा मैले बालबाल जितेको हुँ : प्रधानमन्त्री देउवा


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा काँग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी गरेका छन् ।

केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा गठबन्धनबारे फरक–फरक धारणा आएपछि जवाफमा प्रधानमन्त्री देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन नहुँदा धेरै जना नेताहरू पराजित भएको स्मरण गराए ।

उनले भने, ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ । गठबन्धन नगरेर के गर्ने त ? गठबन्धन गरेर जाने हो भने अहिले हामी सबै सिट जित्छौँ । पहिले धेरै साथीहरू हार्नुभएकै हो । जित्नका लागि गठबन्धन नगरे अर्को के उपाय छ ?’

नेता शेखर कोइरालाले गठबन्धन गर्न नहुने भन्दै आफ्नो विचार राखेपछि देउवाले प्रतिक्रिया दिएका हुन् ।

बैठकमा सभापति देउवाले द्वन्द्वकालमा माओवादीले सबैलाई दुःख दिएको भए पनि अहिले ती कुरा सम्झिएर नहुनेमा जोड दिए । उनले भने, ‘मलाई पनि माओवादीले पहिले गोली हानेकै हुन् । तर, अब पुराना कुरा सम्झिएर केही हुँदैन । त्यस कारण गठबन्धन गरेर जाऔँ । मेरो आइडियोलोजीमा शङ्का नगर्नुहोस्, म धेरै लडेको मान्छे हुँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस