‘राजसंस्था पुनः स्थापनाको सम्भावना अब समाप्त भयो’: थापा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘राजसंस्था पुनः स्थापनाको सम्भावना अब समाप्त भयो’: थापा


१४ चैत्र २०७८, सोमबार


पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनः स्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गरेका छन् ।

राप्रपा नेपालले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्लो १५ वर्षको राजनीतिक परिवर्तन र पूर्व राजाको दलप्रतिको आक्रमण सोचले राजसंस्था पुनः स्थापनको सम्भावनालाई समाप्त पारेको बताए ।

राजसंस्थाको पुनः स्थापना नेपालकै राजनीतिक दल र आमजनताले गर्ने भए पनि पूर्व राजाले आफ्नो भावना सार्वजनिक गर्दा दलप्रति वितृष्णा फैलाउने काम मात्र गरेकाले राजसंस्था पुनः स्थापनाको सम्भावना समाप्त भएको अध्यक्ष थापाले प्रस्ट पारे ।

उनले राजसंस्था पुनः स्थापनाको वकालत गर्ने एक मात्र पार्टी राप्रपामा पूर्व राजा र उनको सचिवालयले गरेको चलखेलका कारण आफू नयाँ बाटोतर्फ लागेको प्रस्ट पारे ।

अध्यक्ष थापाले आउने स्थानीय तहको निर्वाचनबाट धेरै अपेच्छा नराखे पनि देशकै सम्पूर्ण स्थानीय तहमा राप्रपा नेपालका उम्मेदवार चुनाव लड्ने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस