अर्थ समितिको बैठक स्थगित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अर्थ समितिको बैठक स्थगित


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । प्रतिनिधिसभाको अर्थ समितिको आज (सोमबार)को बैठक स्थगित गरिएको छ ।

कोरम नपुगेपछि बैठक स्थगित भएको सांसद सत्य पहाडीले जानकारी दिइन् ।

समितिले सोमबार अर्थ मन्त्रालयसँग आगामी आर्थिक वर्षको बजेटको तयारीका सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने सूचना जारी गरेको थियो ।

आइतबारका दुई बैठकमा आएका सुझाव सोमबार मन्त्रालयका अधिकारी समक्ष राख्ने र त्यहाँ पनि उठेका कुरालाई एकीकृत पारेर सरकारलाई समितिका निर्णय भन्दै सुझाव पठाउने समितिले तयारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस