शेखर कोइराला पक्षका तरुण र नेविसंघको छुट्टै बैठक बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शेखर कोइराला पक्षका तरुण र नेविसंघको छुट्टै बैठक बस्दै


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला निकट तरुण र विद्यार्थी नेताहरूको आज अलग्गै बैठक बस्दै छ ।

पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल र नेविसंघमा एकलौटी नियुक्त गरेको भन्दै असन्तुष्ट कोइराला पक्षले काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज आफू निकट नेताहरूको छुट्टै बैठक बोलाएको हो ।

दिउँसो १ बजे बस्ने बैठकमा सङ्घर्षलाई कसरी अघि बढाउने भनेर छलफल गर्ने शेखर कोइराला निकट विद्यार्थी नेता प्रेमिका रानाले बताइन् ।

पार्टी सभापति देउवाले ९ चैतमा तरुण दल अध्यक्षमा विद्वान गुरुङ र नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए । एकलौटी निर्णय भएको भन्दै शेखर कोइराला पक्षले पार्टी कार्यालय सानेपामा पार्टी सभापति देउवाविरुद्ध प्रदर्शन समेत गरेको थियो ।

कोइराला पक्षमा समानान्तर गतिविधि गर्ने विषयमा बहस समेत हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस