नेपाली सेनामा पाइलटदेखि डाक्टरसम्म विभिन्न पदमा भर्ना खुल्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली सेनामा पाइलटदेखि डाक्टरसम्म विभिन्न पदमा भर्ना खुल्यो


१४ चैत्र २०७८, सोमबार


नेपाली सेना

काठमाडौँ। नेपाली सेनामा विभिन्न प्राविधिक पदमा भर्ना खुलेको छ ।

रिक्त रहेका लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न ट्रेडका २९ अधिकृत पदका लागि जङ्गी अड्डाले दर्खास्त आह्वान गरेको हो ।

सबैभन्दा धेरै उपसेनानी एमबिबिएस डाक्टर- ५० जना माग गरिएको छ भने लेखा उपसेनानी ४० जनाका लागि दर्खास्त आह्वान गरिएको छ ।

यस्तै, सैनिक उपचारीका (उपसेनानी) १८ जना र कम्प्युटर प्राविधिक (उपसेनानी) १६ जनालगायत विभिन्न २९ पदका लागि १९४ जना प्राविधिक अधिकृतका लागि विज्ञापन आह्वान गरिएको छ ।

यी सबै पदका लागि अनलाइनबाट फाराम भर्न सकिनेछ । आगामी वैशाख १३ गतेसम्म दर्खास्त दिन सकिनेछ । दोब्बर दस्तुरमा थप एक सातासम्म फाराम भर्न सकिने सूचनामा उल्लेख छ ।

थप जानकारी लागि हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस