मन्त्रिपरिषद् बैठक बस्दै, केही महत्त्वपूर्ण निर्णय हुन सक्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद् बैठक बस्दै, केही महत्त्वपूर्ण निर्णय हुन सक्ने


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अहिले ९ बजे बस्दै छ ।

बालुवाटार विशेष स्रोतका अनुसार आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै केही राजनीतिक र प्रशासनिक निर्णयहरू पनि हुँदैछन् ।

केही दिनयता चर्चामा रहेको निजामती अध्यादेश आजैको बैठकबाट आउन सक्ने सम्भावना उच्च रहेको ती स्रोतले बताए । ‘यद्यपि तयारी पुरा नै भई हालेको त छैन’ ती स्रोतले भने, ‘तर मोटामोटी अहिले जे छ, त्यसैलाई पास गर्ने भनेको अवस्थामा आजै निर्णय पनि हुन सक्छ’

त्यस्तै केही महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको हेरफेरको गाइँगुइँसमेत रहेकोले सो निर्णय आजकै ठाडो प्रस्तावबाट पास हुन सक्ने पनि बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस