प्रचण्ड आज रोल्पा जाँदै, लिबाङमा आमसभालाई सम्बोधन गर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रचण्ड आज रोल्पा जाँदै, लिबाङमा आमसभालाई सम्बोधन गर्ने


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जाँदै छन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको (जनयुद्ध स्मृति टावर)को उनले उद्घाटन गर्नेछन् ।

टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । कतिपयको सालिक पनि राखिएको छ ।

करिब ६ करोडमा निर्माण सम्पन्न टावरको मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए । यसपछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस