८२० जना हवल्दारको वरिष्ठ हवल्दारमा बढुवा सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

८२० जना हवल्दारको वरिष्ठ हवल्दारमा बढुवा सिफारिस


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दसौँ संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ८२० जनालाई बढुवा सिफारिस गरेको छ । यो चौथो सूची हो ।

चौथौँ सूचीमा बढुवा सिफारिस हुनेहरू २०७३ मा प्रहरीमा भर्ना भएकाहरू रहेका छन् ।

बढुवा समितिले शनिवार मात्रै ७३२ जनालाई बढुवा सिफारिस गरेको थियो । यसअघि शुक्रबार मात्रै ५०५ जनाको बढुवा सिफारिस भएको थियो ।

प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ हवल्दारमा बढुवा गर्नुपर्ने ३३८३ मध्ये ८२० जनाको चौथो सूचीमा बढुवा सिफारिस भएको हो । तेस्रो सूचीमा ७३२ जनाको बढुवा सिफारिस भएको थियो ।

यसअघि शुक्रबार ५०५ र बिहीवार मात्रै ११७३ जनाको बढुवा सिफारिस भएको थियो ।

सूचीसहित

Tags :
प्रतिक्रिया दिनुहोस