थप सय नेपाली वस्तु चीन निर्यातमा शून्य भन्सार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

थप सय नेपाली वस्तु चीन निर्यातमा शून्य भन्सार


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । चीन सरकारले शून्य भन्सार दरमा आफ्नो मुलुकभित्र प्रवेश दिने नेपाली वस्तुको सङ्ख्या बढाएको छ ।

चिनियाँ विदेश मन्त्री वाङ यीको तीन दिने भ्रमणका क्रममा नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाइ व्यापार विस्तारमा सहयोग पुर्‍याउन थप एक सय वस्तुमा यस्तो सुविधा दिएको वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।

यसअघि नेपाललाई ८ हजार प्रकारका वस्तुमा शून्य भन्सारदर दर सुविधा दिँदै आएकोमा अब एक सय वस्तु थप भएका छन् । यससँगै शून्य भन्सार दरमा चीन निर्यात हुने नेपाली वस्तुको सङ्ख्या ९३० पुगेको निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।

२०६३ सालदेखि नेपाललाई यो सुविधा दिन सुरु गरेको चीनले २४ मङ्सिर २०७२ देखि तेस्रो पटकमा यस्तो सुविधा थप गर्दै शून्य महसुल सुविधा छुट हुने वस्तुको सङ्ख्या ८ हजार ३० पुर्‍याएको थियो ।

पहिलो पटक २०६३ सालमा ४ हजार ७ सय २१ वटा नेपाली वस्तुहरूलाई शून्य भन्सार दरमा आफ्नो मुलुक प्रवेशको सुविधा दिएको चीनले २०६७ सालमा ७ हजार ७ सय ८७ पुर्‍याएको थियो ।

नेपालबाट चीनमा अगरबत्ती, हस्तकलाका सामाग्रीहरू, कपाल, पस्मिना, छाला, औषधि, म्युजिकल उपकरण, चाउचाउ, तयारी पोसाक, रुद्राक्ष, चिया, तरकारी, पिठो, उनी गलैँचालगायतका वस्तुहरू निर्यात हुँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस