२६ गते हुने भनिएको शाखा अधिकृतको परीक्षा स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

२६ गते हुने भनिएको शाखा अधिकृतको परीक्षा स्थगित


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन पुनः स्थगित गरेको छ ।

आयोगले आइतबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेशअनुसार सो विज्ञापन स्थगित गरेको जनाएको छ ।

आयोगले विज्ञापन नं. १६६९६-१६७०२/०७८–७९ को खुल्ला/समावेशीको एकीकृत लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको हो । परीक्षा यही चैत्र २६ गते बिहान ११ बजेदेखि सञ्चालन हुने कार्य तालिका रहेको थियो ।

गत मङ्सिर महिनामा प्रकाशित भएको शाखा अधिकृतको विज्ञापन कर्मचारी समायोजनको विवाद टुङ्गो नलाग्दै परीक्षा लिन नपाइने भनेर सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै स्थगित भएको थियो ।

पछि अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला आएसँगै आयोगले यही चैत २६ गते परीक्षा लिने तयारी गरेको थियो । तर धेरै उम्मेदवार भएकोले व्यवस्थापन गर्न नसकेको भन्दै आयोगले विज्ञापन स्थगन गरेको जनाएको छ ।

आयोगको पूर्वनिर्धारित तालिका अनुसार भएको भए माघ महिनामै सकिने परीक्षा विभिन्न कारणले परीक्षा स्थगित हुँदै गएसँगै अब कहिले हुने भन्ने टुङ्गो छैन । स्थानीय तहको चुनाव नजिकिइसकेकाले पनि सम्भवतः परीक्षा चुनाव पछि नै हुन सक्ने पनि बुझिएको छ । चुनावमा कर्मचारीहरू पनि खटिनु पर्ने र परीक्षा केन्द्रहरुमासमेत मतदान केन्द्र रहने गरेकोले पनि शाखा अधिकृतको परीक्षा प्रभावित हुने देखिन्छ । यसले परीक्षार्थिहरुलाई मर्का परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस