उपत्यकाको फोहोर व्यवस्थापनको विस्तृत प्रतिवेदन तयार गर्न २ महानगरपालिकालाई सर्वोच्चको आदेश « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपत्यकाको फोहोर व्यवस्थापनको विस्तृत प्रतिवेदन तयार गर्न २ महानगरपालिकालाई सर्वोच्चको आदेश


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको कार्ययोजनासम्बन्धी विस्तृत प्रतिवेदन तयार गर्न दुई महानगरपालिकालाई आदेश दिएको छ ।

काठमाडौँको फोटो व्यवस्थापन नभएको वारे दायर रिट निवेदनमा सर्वोच्च अदालतले ५ महिनाभित्र विस्तृत प्रतिवेदन तयार गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको इजलासको आदेशमा भनिएको छ, ‘काठमाडौँ र ललितपुरमा नियमित रूपमा फोहोर मैला व्यवस्थापन गर्न के के कठिनाइ र बाधाहरू हुने गर्छन् ? सबै बुँदाहरूमा र साथै महानगर र उपमहानगरपालिकाको अनुभवबाट देखिएका अन्य अवस्थाहरूमा पनि केही सुझावहरू समेत भए तिनीहरूलाई समावेश गरी विस्तृत रूपको प्रतिवेदन पाँच महिना भित्रमा पठाउनु ।’

Tags :
प्रतिक्रिया दिनुहोस