कतार च्यारिटीको सहयोगमा ८ वटा एम्बुलेन्स हस्तान्तरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कतार च्यारिटीको सहयोगमा ८ वटा एम्बुलेन्स हस्तान्तरण


१३ चैत्र २०७८, आइतबार


बुटवल । कतार च्यारिटीको सहयोगमा लुम्बिनी प्रदेश सरकारलाई ८ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

कतार च्यारिटीको सहयोगमा लुम्बिनी एकीकृत विकास संस्थाले प्रदेशका ८ वटा सरकारी स्वास्थ्य संस्थालाई दिने गरी प्रदेश सरकारको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयलाई ती एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

प्रदेश सरकारलाई दिइएको एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले रुपन्देही मर्चवारीको रायपुर प्राथमिक स्वास्थ्य केन्द्र, कपिलवस्तुको शिवराजको शिवराज स्वास्थ्य केन्द्र, बाँके नरैनापुरको लक्ष्मणपुर स्वास्थ्य केन्द्र, पाल्पा रामपुरको गन्डाकोट स्वास्थ्य केन्द्र, बर्दिया राजपुरको बदलपुर स्वास्थ्य केन्द्र, गुल्मी कालीगण्डकीको पुर्तिघाट स्वास्थ्य केन्द्र, दाङ बबईको हापुरे स्वास्थ्य केन्द्र र प्युठान बिजुवारको प्युठान अस्पताललाई हस्तान्तरण गरेको छ ।

आइतबार लुम्बिनी एकीकृत विकास संस्थाका संरक्षक एवं संघीय सांसद अतहर कमाल मुसलमान र कतार च्यारिटीका कन्ट्री डाइरेक्टर इरशाद अलि शेखले प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसी र स्वास्थ्य मन्त्री इन्द्रजित थारुलाई एम्बुलेन्सका कागजात हस्तान्तरण गरेका हुन् ।

सरकारले तोकेको निर्देशिका अनुसार ख वर्गको मापदण्ड पुरा गरेका ८ वटा एम्बुलेन्सको लागत १ करोड ६३ लाख ८६ हजार १ सय १२ रुपैयाँ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस