खोटाङमा निर्वाचनका लागि १३ दल दर्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खोटाङमा निर्वाचनका लागि १३ दल दर्ता


१३ चैत्र २०७८, आइतबार


खोटाङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३ दल दर्ता भएका छन् ।

३० वैशाखमा हुने निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा किरात खम्बुवान साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सामाजिक एकता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी दर्ता भएका हुन् ।

नेपाल, मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, उन्नत लोकतन्त्र पार्टी, नेपालको लागि नेपाली पार्टी र नेपाल कम्युनिस्ट पार्टी ९समाजवादी० दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले आफ्नै निर्वाचन चिह्न लिनका लागि तोकेको समयमा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका १३ दलको जिल्ला स्तरको सङ्गठनात्मक संरचना (जिल्ला समिति)बारे विवरण प्राप्त भएको जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने जिल्लामा विवरण बुझाउनु नपर्ने छ ।

निर्वाचनमा उठ्ने उम्मेदवारलाई सोही दलको निर्वाचन चिह्न दिनका लागि राष्ट्रिय दल बाहेकका दललाई जिल्ला स्तरको सङ्गठन संरचनाको विवरण ६ चैतभित्र पेस गर्न भनिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस