धनुषामा प्रहरी र व्यवसायीबिच झडप, स्थिति नियन्त्रण गर्न अश्रुग्याँस प्रहार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धनुषामा प्रहरी र व्यवसायीबिच झडप, स्थिति नियन्त्रण गर्न अश्रुग्याँस प्रहार


१३ चैत्र २०७८, आइतबार


जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा प्रहरी र स्थानीय व्यवसायीबिच झडप भएको छ ।

तिनकौरीया चोकको पास पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबिच झडप भएको हो ।

आगलागी भएपछि स्थानीय व्यवसायीले नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा तनावको स्थिति सिर्जना भएको छ ।

झडपमा केही सामान्य घाइते भएको भनिएको छ । प्रहरीका अनुसार स्थानीय व्यवसायीले पान पसलमा कुनै व्यक्तिले आगजनी गरेको आशङ्का गरेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस