एमाले पछारिएर अर्धबेहोस अवस्थामा छ : माधव « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमाले पछारिएर अर्धबेहोस अवस्थामा छ : माधव


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सशक्त रूपमा अगाडि बढिरहेको बताएका छन् ।

उनले स्थापनाकालमै आफ्नो पार्टी सुदूरपश्चिम, मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको बताए ।

उनले भने, ‘सुदूरपश्चिममा त हाम्रो पार्टी एक नम्बरमा छ । केपी ओलीको पार्टी भुईँमा पछारिएको छ । माओवादी २ नम्बर, काँग्रेस ३ नम्बर, केपी ओली बिचरा बेहाल १’

त्यसै गरी मधेस प्रदेशमा पनि नेकपा (एस) भन्दा एमाले धेरै पछाडि परेको उनले दाबी गरे । उनले भने, ‘दुई नम्बर प्रदेशमा हामी सशक्त भएर अगाडि छौँ । केपी ओलीको पार्टी त कहाँ हो कहाँ ।’

राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई धूलिसाथ बनाएको पनि नेता नेपालले दाबी गरे । ‘पहिलो चुनावमा एक सिटमा धुलो चटायौँ,’ उनले भने,‘दोस्रो पटक १९ सिटमा भएको चुनावमा एक सिटमा सीमित पारेर धूलिसाथ पारिदियौँ ।’

कर्णाली प्रदेशको विषयमा बोल्दै उनले भने, ‘कर्णाली प्रदेशमा पनि हाम्रो पार्टी सशक्त ढङ्गबाट अगाडि बढिरहेको छ, एमाले पछारिएर अर्धबेहोस अवस्थामा छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस