लोसपाका केन्द्रीय सदस्य बीजकुमार यादव काँग्रेसमा प्रवेश « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लोसपाका केन्द्रीय सदस्य बीजकुमार यादव काँग्रेसमा प्रवेश


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य बीजकुमार यादव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

आइतबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रममा यादवले लोकतन्त्र र स्थायित्व दिने पार्टी काँग्रेस मात्रै भएकाले आफू काँग्रेसमा आएको बताए ।

उनले भने, ‘नेपाली काँग्रेस मात्रै लोकतन्त्र, स्थायित्व दिने पार्टी हो । त्यसैलाई आत्मसात् गरेर काँग्रेस प्रवेश गरेको हुँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस