सर्लाहीको फुलजोरमा बस पल्टिँदा ४ जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सर्लाहीको फुलजोरमा बस पल्टिँदा ४ जनाको मृत्यु


१३ चैत्र २०७८, आइतबार


सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा आज (आइतबार) यात्रुवाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको छ ।

बसमा सवार २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रारम्भिक जानकारी आएको छ ।

वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरस्थित फुलजोर खोलाको बार भत्काउँदै खोलामा खस्दा दुर्घटना भएको हो ।

गुडिरहेको बस एक्कासि खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले बताए ।

दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन । मृतकहरुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

प्रहरी निरीक्षक दोङले दुर्घटनाबारे यकिन विवरण सङ्कलनको काम भइरहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस