ड्युटी सकेर फर्किएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा मृत्यु, एक जना घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ड्युटी सकेर फर्किएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा मृत्यु, एक जना घाइते


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । ललितपुरको बल्खुमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।

आज (आइतबार) बिहान साढे २ बजे बल्खुबाट सातदोबाटो आउनेक्रममा मोटरसाइकल दुर्घटना भएर एक जना प्रहरी जवानको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा धादिङ घर भएका ३१ वर्षीय चालक नवीन न्यौपाने छन् । उनीसँगै मोटरसाइकलमा सवार अर्का प्रहरी जवान तनहुँका सुमन सिंह घाइते छन् । उनको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरू दुवै जना महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान हुन् ।

‘उनीहरू बल्खुबाट फर्किनेक्रममा चिप्लिएर सडकमा राखिएको बल्कमा ठोक्कियो । पछि फेरि पोलमा ठोक्किएको देखिन्छ,’ शाहले भने, ‘आफै अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ।’

उनका अनुसार राति ड्युटी सकेर प्रहरी जवानद्वय सातदोबाटो फर्किँदै थिए । त्यसै क्रममा दुर्घटना भएको हो ।

नवीनको शव पोस्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस