गृहमन्त्री खाँण र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गृहमन्त्री खाँण र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।

आज (आइतबार) बिहान दाहाल निवास खुमलटारमा भएको भेटघाटमा मुख्य गरी तीन विषयमा छलफल भएको छ ।

भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचन र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे कुराकानी भएको थियो ।

सरकारले ३० वैशाखका लागि स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाँणले सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेटघाट गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस