भारतको दिल्ली सरकारले ‘इ हेल्थ कार्ड’ वितरण गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतको दिल्ली सरकारले ‘इ हेल्थ कार्ड’ वितरण गर्ने


१३ चैत्र २०७८, आइतबार


नयाँ दिल्ली । भारतको दिल्ली सरकारले आफ्ना नागरिकलाई ‘इ हेल्थ कार्ड’ वितरण गर्ने भएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले कार्ड वितरण गर्ने कार्यलाई तयारी अवस्थामा पुर्‍याउन सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएका छन् ।

भारतमा अर्को वर्ष सन् २०२३ को मार्चदेखि स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गर्ने तयारी भएकाले त्यस अगाडि नै सबैलाई ‘इ हेल्थ कार्ड’ वितरण गरिसक्नु पर्ने भएको हो ।

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू हुनुभन्दा कम्तीमा पनि तीन महिना अगाडि सम्ममा इ हेल्थ कार्ड सबैलाई वितरण भइसक्नु पर्ने अधिकारीले जनाएका छन् ।

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गराउनका लागि भइरहेको तयारीका बारेमा जानकारी लिन र समीक्षा गर्न शुक्रबार बसेको सरोकारवालाको बैठकमा मुख्यमन्त्री केजरीवालले ‘इ हेल्थ कार्ड’ वितरण सुरु गर्नुपर्नेमा जोड दिएका हुन् ।

नागरिकलाई वितरण गरिने इ हेल्थ कार्ड क्युआर कोडमा आधारित हुने र त्यसबाट नागरिकका स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण प्राप्त गर्न सकिने अधिकारीले जनाएका छन् ।

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरेपछि स्वास्थ्य सेवा प्रदान गर्ने र लिने दुवै पक्षलाई सजिलो र छिटो हुने, धेरै झन्झट कटौती हुने सरकारी अधिकारीको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस