अन्तिम मतदाता नामावली प्रकाशन गर्दै आयोग, दुई लाख मतदाता थपिए « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अन्तिम मतदाता नामावली प्रकाशन गर्दै आयोग, दुई लाख मतदाता थपिए


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) अन्तिम मतदाता नामावली प्रकाशन गर्दै छ ।

यसअघि एक करोड ७८ लाख मतदाता रहेको अनुमान गरेको आयोगले आज औपचारिकरुपमै मतदाताको सूची सार्वजनिक गर्न लागेको हो ।

नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो ।

दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ । अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर गर्न सकिने छैन ।

अघिल्लो निर्वाचनमा भन्दा करिब दुई लाख मतदाता थपिएको आयोगले जनाएको छ । आयोगले करिब दुई करोड मतपत्र छाप्ने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस