चिनियाँ विदेशमन्त्री वाङले गरे पोखरा विमानस्थल हस्तान्तरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिनियाँ विदेशमन्त्री वाङले गरे पोखरा विमानस्थल हस्तान्तरण


१२ चैत्र २०७८, शनिबार


पोखरा । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिवार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका थिए ।

विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्रीबाट परराष्ट्रमन्त्री खड्कालाई हस्तान्तरण लगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस