बर्दियामा पाटे बाघ मृतावस्थामा भेटियो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बर्दियामा पाटे बाघ मृतावस्थामा भेटियो


१२ चैत्र २०७८, शनिबार


बर्दिया । यहाँ पाटे बाघ मृतावस्थामा फेला परेको छ । आज अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच÷छ वर्षको पाटे बाघ मृतावस्थामा फेला परेको हो ।

एक–दुई दिनअघि बाघ–बाघबिचको लडाइँ भएको र प्राकृतिक कारणले पाटे बाघको मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए ।

थप अनुसन्धानलगायत शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस