उपलब्धि रक्षाका लागि अहिलेको गठबन्धन : शिक्षामन्त्री पौडेल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उपलब्धि रक्षाका लागि अहिलेको गठबन्धन : शिक्षामन्त्री पौडेल


१२ चैत्र २०७८, शनिबार


गलकोट । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विगतमा भएका उपलब्धि रक्षाका लागि अहिलेको पाँच दलीय गठबन्धन भएको बताएका छन् । उनले उपलब्धि गुम्ने खतरामुक्त गर्न गठबन्धन गरेको बताए ।

नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिकाले आज आयोजना गरेको वैचारिक एवम् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिजोका दिनमा भएका लोकतन्त्रसहितको गणतन्त्र लगायतको उपलब्धिहरू रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताए ।

‘माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्वलगायत थुप्रै उपलब्धि भए, उपलब्धिहरू गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो,’ मन्त्री पौडेलले भने ।

उनले नेपालको पृष्ठभूमिको आन्दोलन जनयुद्ध भएको भन्दै यो कुनै पार्टी केन्द्रित नभएर जनता केन्द्रित भएको बताउँदै के पाइयो भन्दा पनि परिवर्तनका लागि अझै लागिरहन आम माओवादी नेता कार्यकर्तालाई आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस