परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेश मन्त्री वाङबिच भेट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेश मन्त्री वाङबिच भेट


१२ चैत्र २०७८, शनिबार


काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यीबिच शनिवार (आज) भेटवार्ता भएकाे छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चिनियाँ समकक्षीबिच भेटवार्ता भएको हो ।

नेपाल भ्रमणमा रहेका वाङ र परराष्ट्रमन्त्रीबीच शनिवार भएको छलफलपछि प्रतिनिधिमण्डल स्तरीय छलफल हुनेछ । त्यसपछि शनिवार नै नेपाल र चीनबिच विभिन्न सम्झौतामा दुई पक्षीय छलफल हुनेछ ।

चिनियाँ विदेश मन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् । शुक्रबार नेपाल आएका विदेश मन्त्री यी आइतबार स्वदेश फर्किनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस