श्रीमतीलाई सुतेकै ठाउँमा आगो लगाएर जलाउन खोज्ने पक्राउ « प्रशासन
Logo ३ भाद्र २०७९, शुक्रबार
   

श्रीमतीलाई सुतेकै ठाउँमा आगो लगाएर जलाउन खोज्ने पक्राउ


१२ चैत्र २०७८, शनिबार


काठमाडौँ । आफनै श्रीमतीलाई आगो लगाएर जलाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा लाहान नगरपालिका -७ घर भएका काठमाडौँको बुढानीलकण्ठ नगरपालिका -१० कपन आकोशधारामा डेरा गरी बस्ने ४२ वर्षीय प्रविन चौधरी पक्राउ परेका हुन् ।

टिनले छाएको एक तले टहराको कोठामा शुक्रबार राति चौधरीले आफ्नै श्रीमती ३० बर्सिया अस्मिता चौधरीलाई सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाएर आगो लगाइदिएका थिए । उनको डेरा नजिकै बस्ने महानगरीय प्रहरी पहरा गण सामाखुसीबाट मन्त्री निवास हरिहर भवन पुलचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक संयोग राईले थाहा पाए ।

उनले ढोको फोडेर उद्धार गर्न महानगरीय प्रहरी प्रभाग कपनबाट खटिइएको प्रहरी टोली र स्थानीय समेतको सहयोगमा उद्धार गरिएको थियो ।

घाइतेलाई उपचारको लागि साँखु स्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको विभिन्न भागमा पोलेको प्रहरीले जनाएको छ।

चौधरीलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस