पानीमा डुबेर २ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पानीमा डुबेर २ जनाको मृत्यु


१२ चैत्र २०७८, शनिबार


ढल

काठमाडौँ । दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका-२ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको नुहाउने क्रममा तलाउमा डुबेर मृत्यु भएको हो ।

बिहीबार साँझ भैँसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेउमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । लगतै प्रहरी र स्थानीयले उनको खोजी गरे पनि फेला पार्न सकेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट गएको टोलीले खोजी गर्दा शुक्रबार बिहान तलाउको किनारमा चौधरीको शव फेला परेको प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले बताए ।

त्यस्तै राप्ती गाउँपालिका-१ माथिल्लो भालुबाङको राप्ती नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका-८ लापे बस्ने ३० वर्षीय शुक्रराज घर्ती मगर रहेका छन् ।

नदीमा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी रिजालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस