चैत मसान्तभित्र हातहतियार बुझाउन मकवानपुर प्रशासनको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चैत मसान्तभित्र हातहतियार बुझाउन मकवानपुर प्रशासनको निर्देशन


११ चैत्र २०७८, शुक्रबार


हेटौँडा । चैत मसान्तभित्र आफूसँग भएको हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको हो ।

स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवम् विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार चैत ३० गतेभित्र नजिकको प्रहरी चौकीमा बुझाउन प्रशासनले अनुरोध गरेको छ ।

गृह मन्त्रालयको निर्देशनअनुसार सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस