पूर्व राष्ट्रपति ट्रम्पद्वारा हिलरी क्लिन्टनविरुद्ध मुद्दा, चुनावमा रुसी गुप्तचरसँग मिलेको दाबी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पूर्व राष्ट्रपति ट्रम्पद्वारा हिलरी क्लिन्टनविरुद्ध मुद्दा, चुनावमा रुसी गुप्तचरसँग मिलेको दाबी


११ चैत्र २०७८, शुक्रबार


न्यूयोर्क। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हिलरी क्लिन्टन र डेमोक्र्याटिक पार्टीका अन्य नेताहरु डेबी वासरमान शूल्ज, जेम्स कमी र जोन पोडेस्टाविरुद्ध मुद्दा दायर गरेका छन् ।

ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावमा हिलरी क्लिन्टन र डेमोक्र्याटिक पार्टीका अन्य नेताहरूले उनको चुनावी अभियानलाई रुससँग जोडेर निर्वाचनमा धाँधली गर्न खोजेको आरोपमा मुद्दा दायर गरेका हुन् ।

उक्त निर्वाचनमा ट्रम्प विजयी भएका थिए । यद्यपि उनलाई रुसी गुप्तचरहरूसँग मिलेर आफ्नो पक्षमा निर्वाचनको परिणाम पार्ने षड्यन्त्र गरेको आरोप लागेको थियो ।

सन् २०२० मा रिपब्लिकन पार्टीको नेतृत्वमा रहेको एउटा सिनेट समितिले प्रकाशित गरेको प्रतिवेदनमा रुसले ट्रम्पलाई विजयी हुन सघाउन रिपब्लिकन पार्टीका राजनीतिक कार्यकारी पोल म्यानफोर्ट र विकिलीक्सको वेबसाइट प्रयोग गरेको निष्कर्ष निकालेको थियो यधप्पी प्रतिवेदनले षड्यन्त्रबारे कुनै प्रमाण भने प्रदान गरेको थिएन ।

ट्रम्पले डेमोक्र्याटिकहरुले निर्माण गर्न खोजेको उक्त भाष्यले आफूले २.४ करोड डलर हानी बेहोर्न बाध्य भएको दाबी गर्दै क्षतिपूर्तिको माग गरेका छन् । यस सन्दर्भमा हालसम्म क्लिन्टन वा डेमोक्र्याटिक पार्टीले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस