केन्द्रीय समिति बैठक अघि पौडेल पक्ष छुट्टै छलफलमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

केन्द्रीय समिति बैठक अघि पौडेल पक्ष छुट्टै छलफलमा


११ चैत्र २०७८, शुक्रबार


काठमाडौँ। काँग्रेस केन्द्रीय समिति बैठकको पूर्व तयारीका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरूको छुट्टै बैठक बोलाएका छन् ।

पौडेल निवास बोहोराटारमा बैठक जारी रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

बैठकमा केन्द्रीय सदस्य शशाङ्क कोइराला, दीपक गिरी र पौडेल निकट केही जिल्ला सभापतिहरू सहभागी छन् ।

काँग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ । सो बैठकमा चुनावमा उम्मेदवारहरूलाई टिकट बाँड्ने समिति गठन, चुनावमा गठबन्धन गर्ने कि नगर्ने लगायतका विषयमा छलफल हुँदै छ ।

तिनै विषयमा आफ्नो धारणा बनाउन पौडेलले आफू निकटका नेताहरूको बैठक बसालेको उनी निकट एक नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस