डाबर नेपाललाई मरीच आयातको अनुमति « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

डाबर नेपाललाई मरीच आयातको अनुमति


१० चैत्र २०७८, बिहिबार


काठमाडौँ । बहुराष्ट्रिय कम्पनी डाबर नेपाललाई मरीच आयातको अनुमति दिइएको छ। सरकारले औद्योगिक प्रयोजनका लागि आयात फुकुवा गरेसँगै मरीच आयातको अनुमति पाउने डाबर नेपाल पहिलो कम्पनी बनेको छ ।

उद्योग विभागको सिफारिसमा डाबर नेपाललाई मरीच आयातको अनुमति दिइएको वाणिज्य विभागले जनाएको छ ।

विभागका एक अधिकारीका अनुसार डाबर नेपालको मागअनुसार ७० मेट्रिक टन मरीच आयातका लागि अनुमति दिइएको छ । कम्पनीद्वारा उत्पादित खाद्य र पौष्टिक आहारमा कच्चा पदार्थका लागि प्रयोग गर्न मरीचको आयात अनुमति दिइएको जनाइएको छ ।

फागुन २६ गते सरकारले औद्योगिक प्रयोजनका लागि भन्दै सुपारी, केराउ, मरीच र छोकडाको आयात अनुमति दिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस